पारस शाहको कारले संगीतकार मारेको जस्तै घटना विराटनगरमा गुपचुप बनाइदै, प्रदेश सांसदका छोराको कार दुर्घटना प्रकरणको नालीबेली
विराटनगर, शाही कालमा तात्कालिन युवराज पारस शाहको कारले संगीतकार प्रणीण गुरुङलाई ठक्कर दिएर मारेको घटना दरबारी शक्त्तिको निर्देशनमा गुपचुप बढाएर ढाकछोप गरिएजस्तै विराटनगरमा पनि एक सांसदका छोराको कारले मान्छे मारेको घटना गुपचुप बनाएर ढाकछोप गर्न खोजिदैछ ।
२० जेठ साँझ साढृे ७ बजेतिर प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा २५ बर्षिय रोबिन कार्कीले मापसे गरेर तीब्र गतिमा कुदाएको कारले दुई जना पैदलयात्रीलाई ठक्करदिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने भने एक जना सिकिस्त घाइते भएका थिए ।
तर उक्त्त घटनाबारे प्रहरीले नत अहिले सम्म कसैलाई पक्राउ नै गरेको छ नत प्रारम्भीक प्रतिबेदन नै सार्वजनिक गरेको छ । बरु कार कुदाउने चालक यनिक नभएको भन्दै अनुसन्धान गुपचुप बनाएर घटनालाई नक्कली चालक खडा गरेर सामसुम बनाउन प्रयत्न गरिदैछ ।
स्मरण रहोस पारस काण्डमा पनि नक्कली चालक खडा गरेर उनलाई कानुनबाट उन्मुक्त्ति दिलाइएको थियो । तर त्यो बेला बिद्यार्थी संगठन र आम नागरिकहरु संगीतकार गुरुङलाई न्याय दिलाउन आन्दोलित भएका थिए । तर लोकतान्त्रिक समयमा विराटनगरमा मृतकलाई न्याय दिलाउन संचारमाध्यमबाहेक कसैले चु बोलेका छैनन ।
साँझ दजनौ मानिशको अगाडी भयङकार कार दुर्घटना गराएर मान्छे मारे पनि सांसद कार्कीको छोराको विपक्षमा कसैलेपनि नबोल्ने कारण हो मृतक र घाइते मदजुर बर्गको हुनु ।
समाजसेवा गर्ने बहानमा कोरोना संक्रमितको शव व्यवास्थान गर्ने टोलीमा खटिएका सांसद पुत्र रोबिनले आमाले शव व्यवास्थानका लागि युवाहरुको समुहलाई दिएको नीजि कार प्रयोग गरेर विहिवार साँझ साथीहरुसँग रमाइलो गर्दै हिँडेका थिए ।
पहिले उनले साथीहरुसँग विराटनगरको मुनालपथमा रहेको एक होटलमा बसेर मस्तले वियर पिए । वियर पिएर झयाप्प भएपछि उनीहरु एयरपोर्ट मार्गमा रहेको ह्रयास टयाक रेष्टुरेन्टमा गएर थप रमाइलोगर्ने योजना सहित दुई युवती सहित पाँचजना जति साथीहरुलाई कारमा लिएर हुँइकिए । तीब्र गतिमा हुइएिको कार ह्रयास टयाग्ग रेष्टुरेन्ट निर पुगेपछि किनारमा पैदल हिँडिरहेका दुई युवालाई ठक्कर दियो ।
प्रदेश ३ —०१—००२ च २१३९ नम्बरको सेतो रंगको उक्त्त कारको ठक्करबाट ३५बर्षिय भारतीय नागरिक मुकेश शर्माको घटनास्थलमै ‘स्पट डेढ’ भयो । अर्का पैदलयात्री मोरङ कटहरीका गाउँपालिका २का २२बर्षिय राजकुमार राजबंशी घाइते भएकोले प्रत्यक्षदर्शीहरुले तुरुन्त नजिकै रहेको नोवेल मेडिकल अस्पतालमा लगेर ज्यान जोगाइदिए । ती दुवै जना विराटनगर ४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगमा काम गर्ने मजदुर थिए ।
कारले हेर्दाहेर्दै राजमार्ग किनारमा अनुशासित रुपले हिँडिरहेका युवाहरुलाई पछाडीबाट ठक्कर दिएर ज्यान लिएपछि भेला भएका स्थानिय आक्रोशित भए । कारबाट ओर्लिएका चालक रोबिनलाई केहीले नियन्त्रणमा लिएर कुटपिट गर्न खोजे । तर उनलाई चिन्नेहरुले उनलाई भागेर कतै जादैन सांसदका छोरा हुन हाम्रै साथी हुन भनेर बचाउ गरे । प्रत्यक्षदर्शी स्थानियहरु सबै घाइतेको उद्धारमा लागे ।

सांसद विन्दिया कार्की
तर त्यही बेला मौका छोपेर चालक रोबिन र कारमा रहेका दुई युवतीसहित उनका साथीहरु त्यहाँबाट आँखा छलेर कुलेलम ठोके । अगाडीको भाग पुरै कच्याकुच्चुक भएको कारलाई प्रहरीले राती नै जिल्ला प्रहरीमा ल्याएर राख्यो । घटनास्थलबाट प्रहरीले केही मोवाइल पनि बरामद गरयो ।

रोबिन कार्की
सबैले छर्लङ देखेपनि सांसद बिन्दिया कार्कीले चाँही आफनो छोराले कार नकुदाएको भन्दै अपराध ढाकछोप गरिरहेकी छन । यता प्रहरीले चाहेर पनि सांसद पुत्रलाई पक्राउ गर्न चाहिरहेको छैन । उनलाई जोगाउन प्रदेश १ प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्की समेत लागेको बताईन्छ । यसले हालसम्म प्रहरीले औपचारिक रुपमा घटनाको प्रारम्भीक सूचना पनि दिन चाहेको छैन । यता पहुँचबालाको सन्तान भएकै कारण अपराधलाई उन्मुक्त्ति दिन लागेको भन्दै मोरङ प्रहरीको तीब्र आलोचना भैरहेको छ ।

रोबिन कार्की
प्रदेश सांसद बिन्दिया कार्की नेपाली काँग्रेसकी नेतृ हुन । उनले गत बर्ष आफनो सांसद कोषबाट मोरङ प्रहरीलाई एक सय वटा काठको काठ पनि वितरण गरेकी थिइन । यसैले उनले प्रहरी र काँग्रेसका उच्च तहका नेतालाई हारगुहार गरेर छोरालाई जसरी पनि जोगाउन चाहिरहेकी छन । प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्की पनि विराटनगरकै नातेदार भएकोले उनलाई अझै सजिलो भएको छ । सकभर घटनालाई अनुसन्धानको बहानमा सेलाउन दिएर पछि किर्ते चालक खडा गरेर मामला रफादफा बनाउने प्रहरीले योजना बनाइरहेको चर्चा छ ।
तर मोरङ प्रहरी प्रमुख सन्तोष खडकाले चाँही कारमा सवार रहेका सबैसँग बयान लिएर कार कस्ले चलाएको थियो भनेर यकिन गर्ने , सिसी टिभी फुटेज र मोवाइलको कल डिटेल चेक गर्ने काम भैरहेको र चाँडै कार कुदाउने चालक पक्राउ गर्ने बताइरहेका छन ।
यता मृतक शर्माको परिवारलाई सांसद कार्कीले कोशी अस्पतालमा गएर किरिया खर्च भन्दै नगद ५० हजार भारु दिएकी छन ।उता घाइते भएका मजदुरलाई पनि अनेक आश्वासन दिएर किटानी जाहेरी दिनबाट रोकिएको छ ।
कानुन अनुसार यसरी अर्कालाई सवारी जिम्मा दिएर दुर्घटना भएर मानिशको मृत्यु भएमा कुदाउनेलाई मात्र नभएर कारधनीलाई समेत कर्तव्य ज्यान आरोपमा सजाय हुने कानुनी व्यावस्था छ । तर प्रहरीले यसबारे अनुसन्धानको सुई नै घुमाएको छैन । नत अहिले सम्म कारमा को को सवार थिए र उनीहरुले के कस्तो बयान दिए भन्ने नै सार्वजनिक गरेको छ । साथै लकडाउनको समयमा साना व्यपारीहरु भोकभोकै परेपनि पहुँचबालाहरुले खुल्ला रुपमा होटल चलाइरहेका रहेछन भन्ने खुलेपनि अझै प्रहरीले सांसद पुत्रले साथीहरुसँगै मापसे गरेको होटललाई जारी स्वास्थ्य आपतकाल व्यवास्थापन अध्यादेश अनुसार कार्वाही चलाएको छैन ।
अर्को कुरा सांसद कार्कीले शव व्यवस्थापनका लागि दिएको कार छोरालाई मापसे गरेर कुदाउन किन दिइयो ? शव व्यावस्थापन गर्दा चालक को हुनेगरेका थिए ? विहिवार दिनभरि रोबिन कहाँ कहाँ गएका थिए । लकडाउन ताडेर उनले किन साथीहरुसँग मोजमज्जा गरे र लकडाउनमा मोजमज्जा गर्ने उनका साथीहरु अपराधका भागीदार हुनुपर्छ कि पदेैन भन्ने पनि प्रहरीले चासो दिएको छैन ।
फोटोहरु , घटनास्थलको
टिप्पणीहरू