सरकारी वकिल र श्रीमानहरुबीच चर्काचर्की शुरु
प्रधानमन्त्री केपी ओली पक्षधर राजाराम घिमिरेसहितका ४ जना वकिललाई प्रधानन्यायाधीश राणाले मानहानीको कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अस्ति शुक्रवार घिमिरेसहित यज्ञमणि न्यौपाने,दीपक मिश्र लगायतले ११ जना न्यायाधीश संवैधानिक इजलासमा बस्न नपाउने भन्दै निवेदन दर्ता गराउन खोजेपछि उनीहरुलाई इजलाशबाटै प्रधानन्यायाधीश राणाले अहिले भर्खर चेतावनीसहित हकारेका हुन् । यश विषयमा अहिले महान्यायाधिवक्तासहितका सरकारी वकिल र इजलाशबीच चर्काचर्की चलिरहेको छ ।
उनीहरुले सर्वोच्चका वरिष्ठ ११ न्यायाधीशले नै प्रतिनिधि सभा बिघटनसम्बन्धी मुद्दा हेर्न नमिल्ने भन्दै रिट दायर गरेका थिए । उनले बरिष्ठ न्यायधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,ईश्वर खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा,प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सहितका न्यायाधीशहरू इजलासमा बस्न नमिल्ने दावी गरेका हुन् ।
उनले दायर गरेका रिटमा आफैंलाई नियुक्तिका लागि अनुमोदन गर्ने व्यक्ति निवेदक भएको रिट हेर्न कन्फ्लिक्ट अफ इन्ट्रेस्टका आधारमा पनि नमिल्ने जिकिर गरिएको थियो ।
उनीहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले हकारेका छन् । को,को न्यायाधीश इजलाशमा बस्न मिल्ने वा नमिल्ने भनेर निर्णय गर्ने अधिकार कानुन व्यवसायीको नभएको राणाको भनाइ छ । राणाले सो रिट निवेदन फिर्ता नलिए मानहानीको कार्वाही भोग्न तयार रहनसमेत प्रधानमन्त्री केपी शर्मा ओलीका वकिललाई चेतावनी दिएका छन् ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2021/06/rajaram-ghimire.pdf”]
टिप्पणीहरू