अनलाइन जुवाडे फन्दामा पर्ने

अनलाइन जुवाडे फन्दामा पर्ने

नेपाल सरकारले प्रतिवन्धित गरेको जुवालगायतका विभिन्न धन्दाहरु निर्वाध रुपमा अनलाइनमार्फत् सञ्चालन भइरहेको छ ।

डिजिटल प्लेटफर्ममार्फत् खुलेयाम जुवाका अखाडामा जुवाडेहरुलाई आमन्त्रित गर्दै खेलिने जुवालाई वान एक्स वेट भएको खुलासा नेपाल सरकारले गरेको छ ।

आज प्रविधि तथा सञ्चार मन्त्रालय अन्तर्गत विज्ञापन बाेर्डका प्रवक्ता दिपेश लेखकले एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल प्लेटफर्ममार्फत् अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी विज्ञापन दिई कारोवार भईरहेको जानकारी प्राप्त भएको जानकारी’ दिइएको छ ।

डिजिटल प्लेटमार्फत् आयोजना गरिने सो जुवाको अखाडा विज्ञापन .(नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा १ को खण्ड ख को व्यवस्था विपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु बन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोशन भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचना गरिएको छ । अन्यथा कानून बमोजिम कारवाही हुने सूचना विज्ञान बाेर्डे जारी गरेको छ ।

सो वेटमा कति नेपालीले कति लगानी गरेका छन भन्ने कुरा स्पष्ट छैन । यस्ता वेटहरुको सूचना चलेका युट्युव च्यानलमार्फत् विज्ञापन हुने गरेका छन । नेपाली युट्युवरहरुले खेल्न प्रेरित गरेको पाइन्छ । एक अनुमान अनुसार हजारौं नेपालीहरु यस्तो अवैध जुवामा संलग्न रहेका छन ।

टिप्पणीहरू