निषेधाज्ञामा जन्ती जान खाेज्दा प्रहरीसँग झडप

निषेधाज्ञामा जन्ती जान खाेज्दा प्रहरीसँग झडप

रौतहटमा प्रहरी र स्थानीयबीच झडप भएको छ । निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडा नगरपालिका २ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित छ जना प्रहरी घाइते भएका छन् । प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा स्थानीयवासीले घेरा हालेर आक्रमण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले बताएका छन् । प्रहरीका अनुसार टोलीमाथि आक्रमणमा संलग्न भएका तिन जनालाई पक्राउ गरिएको छ ।

घटनाबारे बुझ्न नगरपालिकाका मेयर इन्नु राय यादवलाई सम्पर्क गर्दा उहाँको मोबाइल बन्द गरिएको पाइयो । पुनः आलमलाई सम्पर्क गर्दा उहाँले पनि फोन नउठाएपछि नगरकी उपप्रमुख रंगिलाकुमारी जयसवालले मेयरले मोबाइल नबोक्ने मात्र बताउनुभयो ।

मेयरले मोबाइल नबोक्नुको कारण बुझ्ने प्रयास गर्दा उनले मोबाइल छोरालाई दिएको खुलेको हो । अरु जनप्रतिनिधिले पनि जनताको गुनासो मोबाइलमा आएमा मेयरका छोराले गुनासो सुन्ने बताएका छन् ।

टिप्पणीहरू