‘जो जससँग सम्बन्धित छ’:

‘जो जससँग सम्बन्धित छ’:

शुक्रबार रातीदेखि शहरी विकास राज्यमन्त्रीको जिम्मेवारीबाट मुक्त भएका रामवीर मानन्धरले आफूले मन्त्री निवास व्यवस्थापनको लागि सरकारी कोष खर्च नगरेको व्यहोरा प्रमाणित गराउनुभएको छ ।

शुक्रबारसम्म आफ्नै जिम्मेवारीमा रहेको मन्त्रालयका उपसचिव जीवनराज सेढाईंद्वारा हिजो प्रमाणित गराइएको उक्त पत्रमा लेखिएको छ ‘२०७६ मंसिर ५ गते र २०७८ बैशाख ३१ गते शहरी विकास मन्त्रालयको माननीय राज्यमन्त्रीज्यूको रुपमा नियुक्त हुनुभएका माननीय रामवीर मानन्धरज्यूले मन्त्री निवास व्यवस्थापनका लागि नेपाल सरकारले उपलब्ध गराउने सुविधा वापतको कुनै पनि रकम नलिनुभएको व्यहोरा अभिलेखअनुसार अनुरोध छ ।’

मन्त्रीलगायत सबै सार्वजनिक पद धारकहरुले पदको जिम्मेवारी लिएपछि र त्यहाँबाट हटेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, पछिल्ला दिनमा त्यसो नगरी आवश्यकताअनुसार सामाजिक सञ्जालमा आफूले पदमा बस्दा अचाक्ली नकमाएको,महँगा सामान नकिनेको भन्ने खालका व्यहोरा टाँस गर्ने प्रचलन बढ्दै गएको देखिन्छ ।

काठमाडौं बालाजुका रैथाने मानन्धरले भने मन्त्रीको निवास व्यवस्थापनको विषयमा मात्र प्रमाणित गराएको पत्र सार्वजनिक गर्नुभएको देखिएको छ ।

टिप्पणीहरू