रूखकाे हाँगोले लाग्दा एकको ज्यान गयो
उदयपुरमा छिमलिएकाे रुखको हाँगा टाउकोमा लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् ।
आइतबार साढे १२ बजे त्रियुगा नगरपालिका–७ पानीतारेस्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिकाे रूख काट्दा टाउकोमा छिमलिएकाे हाँगाले लाग्दा उनको मृत्यु भएको हो ।
समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट रूख कटानकाे आदेश लिई कामदारहरूलाई रूख काट्न लगाएको थियो । घटनाको थप अनुसन्धान भई रहेको काट्ने जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
टिप्पणीहरू