निषेधाज्ञापछि बल्ल रेल,सामाजिक सञ्जालबाट निकालिँदै तेल

निषेधाज्ञापछि बल्ल रेल,सामाजिक सञ्जालबाट निकालिँदै तेल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निषेधाज्ञा खुल्नेबित्तिक्कै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ ।

नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्दै रेल विभागलाई निषेधाज्ञापछि रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी थाल्न निर्देशन दिनुभएको हो । नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटो सञ्चालनमा ल्याउने उहाँले बताउनुभएको छ ।उता नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई भने राष्ट्रिय राजनीतिमा बालुवाटारको तावेदारी र अन्य नेताको बदख्वाईं गरेर सामाजिक सञ्जालमा लेख्नमै भ्याइ नभ्याइ छ ।

मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिनुभएको छ । उहाँले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा कोशीमा खुवालुङको ढुंगाको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।

यातायात व्यवस्था विभागले हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता,भाडा समायोजनलगायतको विषयमा परिणाम देखिने गरी काम गर्न पनि निर्देशन दिनुभएको बताइन्छ ।

टिप्पणीहरू