नेपाल बारबाट वरिष्ठ अधिवक्ता बैद्य र मल्लले सर्वोच्चलाई राय दिने

नेपाल बारबाट वरिष्ठ अधिवक्ता बैद्य र मल्लले सर्वोच्चलाई राय दिने

प्रतिनिधिसभा विघटनको मुद्दामा नेपाल बारका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल बैध्य र उषा मल्ल पाठक एमिकस क्युरी (अदालतको सहयोगी) मा सिफारिस हुनुभएको छ ।

नेपाल बारको आज बसेको बैठकले दुई वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रुपमा पठाउने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई-दुई जना बरिष्ठ अधिवक्तालाई एमिकसका रुपमा पठाउन माग गरेको थियो । आजै सर्वोच्च बारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा विघटनको मुध्दा अहिले संवैधानिक इजलासमा विचाराधीन छ । मुध्दा असार ९ गतेदेखि निरन्तर सुनुवाई हुने गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको नेतृत्वमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा मुद्दाको सुनुवाई हुनेछ ।

अदालतले गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने मुद्दामा राय लिन आवश्यक ठाने एमिकस क्युरी माग गर्ने प्रचलन छ । अघिल्लो प्रतिनिधिसभा विघटनको मुद्धामा पनि अदालतले एमिकस मागेको थियो ।

टिप्पणीहरू