अबदेखि दुग्धजन्य पदार्थ बोकेका सवारी साधनमा आफ्नै लोगो
राष्ट्रिय दुग्ध विकास बोर्डले दुध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह (लोगो) प्रदान गर्न शुरु गरेको छ ।
दुग्धजन्य पदार्थको ढुवानीका क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध हुन थालेपछि छुट्टै लोगो टाँसेर आवतजावतलाई सहज बनाउने अवधारणाअनुरुप सरकारी तथा नीजि क्षेत्रका त्यस्ता सवारी साधनलाई लोगो प्रदान गरेको हो ।
बुधबार दुग्ध विकास संस्थान, लैनचौरमा आयोजित कार्यक्रममा संस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर, काभ्रेका दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह (लोगो) उपलब्ध गराइएको हो ।
अब सोही लोगोका आधारमा दुग्धजन्य पदार्थ ढुवानीका साधनहरु निर्वाध रुपमा चल्ने बोर्डका प्रमुख डा. राजेन्द्र यादवले विश्वास व्यक्त गर्नुभएको छ । उक्त लोगो प्राप्त गर्न केही मापदण्ड पूरा गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
बुधबार सरकारी सवारीलाई लोगो वितरण गरिए पनि नीजि क्षेत्रका ढुवानीका सवारी साधनलाई शुक्रबार प्रदान गरिने उहाँले बताउनुभयो ।
टिप्पणीहरू