बालबालिकाको व्यक्तित्व विकासदेखि तल्लो तहसम्म काम गर्ने स्काउटको दाबी

बालबालिकाको व्यक्तित्व विकासदेखि तल्लो तहसम्म काम गर्ने स्काउटको दाबी

नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताउनुभएको छ ।

स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा कुरा गर्दै भण्डारीले बालबालिकाको व्यक्तित्व विकास गर्दै सफल व्यक्ति बन्न स्काउटको आवश्यकता रहेको यथार्थलाई विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउने बताउनुभएको हो ।

उहाँले विद्यालय तहको पाठ्यपुस्तकमा समेत स्काउटको बारेमा राखिएको र बजेटमा समेत स्काउटलाई विद्यालयमा पु¥याउने कुरा आएको उल्लेख गर्दै शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुमा स्वयमसेवीको भावना जगाउने बताउनुभयो ।

अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको बताउनुभएको छ । केही समय अघिसम्म निष्क्रिय देखिएको नेपाल स्काउटले पछिल्लो समयमा आफ्नो सक्रियता बढाएको बताइएको छ ।

देशभरका स्थानीय तहसम्म आफ्नो संरचनालाई पु¥याउँदै कोरोना महामारीमा पनि स्काउटले स्वयमसेवी भूमिका खेलेको उहाँको दाबी छ ।

टिप्पणीहरू