ढुंगा भनी हेपेर के गर्नु !
![ढुंगा भनी हेपेर के गर्नु !](https://janaaastha.prixacdn.net/media/albums/201091297_481839066220325_8428504537986529425_n_s4cJonASIq.jpg)
बुधबार मेलम्चीको पूरै बजार र बस्ती नै तहसनहस पार्नेगरी मेलम्ची र इन्द्रावती नदीमा बाढी आयो । बाढीले नदी किनारका घर, पुललगायतका संरचनालाई क्षणभरमै बगाएर बगर बनाइदियो । तर, त्यहीँ नजिकै खोलाको छेउमा रहेको एउटा अजङ्गको ढुंगोले अर्को सानो बस्तीलाई भने जोगाइदिएको छ ।
नेपाली उखानमा ढुङ्गा खोज्दा देवता भेटिने विश्वास रहिआएको छ । तर मेलम्चीमा भने त्यसको ठीक विपरित ‘देउता खोज्दा ढुङ्गा भेटिएझैँ भएको छ ।’
बाढीको समयमा स्थानीयले भगवान पुकारिरहेको बेला पल्लो छेउमा कैयौँ भौतिक संरचना ध्वस्त पारेको नदीले अर्को छेउमा भने ढुङ्गाको कारण केही गर्न नसकेर आफ्नो बाटो लागेको देखिएको छ ।
मेलम्ची नदीको किनारमा रहेको उक्त ढुङ्गो अहिले अर्को बस्तीका वासिन्दालाई भने भगवानसरह भएको छ ।
टिप्पणीहरू