टुथब्रश घाँटीबाट छिरेर छातिमा पुग्यो, बुटवलमा गरियो युवकको आकस्मिक शल्यक्रिया (भिडियोसहित)

टुथब्रश घाँटीबाट छिरेर छातिमा पुग्यो, बुटवलमा गरियो युवकको आकस्मिक शल्यक्रिया (भिडियोसहित)

रुपन्देहीमा घाँटीमा दाँत मात माझ्ने ब्रस अड्किएका एक बिरामीको जटिल शल्यक्रिया सफल भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा घाँटीमा ब्रस अड्किएका बिरामीको बिशेषज्ञ डाक्टरहरु विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधनसहितको चिकित्सकको टोलीले जटिल शल्यक्रिया सफल बनाएको हो ।

आईबार बिहान ६ बजेतिर ब्रस गर्दै गर्दा सिंगै ब्रस घाँटीमा गएर अड्किएपछि रुपन्देहीको रुद्रपुर हरैयाका २४ वर्षीय पुरुषलाई नजिकै स्थानीय मेडिकलमा लगेर एक्सरे गरिएको थियो । तर, एक्सरेमा केही नदेखिएपछि उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा खानाखाने नलिको ईण्डोस्कोपी गर्दा छातिको विच भागमा ब्रस अड्किएको देखिएपछि शल्यक्रिया गरिएको अस्पतालका नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा। शर्माले बताउनुभयो । बिरामीको अवस्थाको बारेमा आफन्तलाई जानकारी गराएर बिना चिरफार शल्यक्रिया गरिएको उहाँले सुनाउनुभयो ।

चिकित्सहरुका अनुसार उनको शल्यक्रिया जटिल त थियो नै असहज प्रकृतिको पनि थियो । घाँटीबाट छिरेको ब्रस छातीको बिच भागमा पुगिसकेकोले शल्यक्रिया गर्न केही ढिलो हुँदा पेटसम्म पनि पुग्न सक्थ्यो या आन्द्रा छेडेर शरीरभित्रै आन्द्रा बाहिर पनि जानसक्थ्यो । यी सबै कुरा बिरामीका आफन्तलाई ब्रिफिङ गरेर उनीहरुकै आग्रहमा उपचार अगाडि बढाइएको हो ।

राईड ओसोफ्यागोस्कोपी प्रविधिबाट उनको शल्यक्रिया गरिएको चिकित्सकले बताएका छन् । यो प्रविधिमा बिरामीलाई बेहोस गराईन्छ तर चिरफार गर्नु पर्दैन । मुखबाट क्यामेरा जडित पाईप छिराएर त्यसको सहायताले समातेर निकाल्ने प्रविधिलाई ओसोफ्यागोस्कोपी भनिन्छ । उक्त प्रविधिको प्रयोग गरेर चिकित्सकको टोलीले बिरामीको घाँटीबाट १८ सेन्टिमिरटर लामो ब्रस निकालेको हो ।

चिकित्सकहरुका अनुसार यो शल्यक्रिया सफल नभएको भए तत्कालै चिरफार गर्नपर्ने हुन्थ्यो ।

टिप्पणीहरू