ट्रयाक्टरबाट लडेर सहचालक मगरको प्राणान्त
![ट्रयाक्टरबाट लडेर सहचालक मगरको प्राणान्त](https://janaaastha.prixacdn.net/media/albums/death-body_9ZSEcGAu5q.jpg)
उदयपुरमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई गाउँपालिका-७ का करिब वर्ष ३२ का तुल बहादुर केप्छाकी मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सोमवार १ बजे रौतामाई गाउँपालिका-१ टाट्नेस्थित भित्रि सडकखण्डमा गाईघाटबाट लिम्चुङबुङ जाँदै गरेको स १ त ६८५८ नम्वरको ट्याक्टरबाट लडेर उनको मृत्यु भएको हो ।
लडेर गम्भीर घाईते मगरको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर र चालक उदयपुर रौतामाई गाउँपालिका-७ का चेतु दमाईलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू