बागलुङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

-राजेशचन्द्र राजभण्डारी
बागलुङ नगरपालिका–३, रातमाटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान ध.१च ८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक बागलुङ नगरपालिका–१२ का १८ वर्षिय सरोज भन्ने टीका भेटवालको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका भेटवालको धौलगिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभएको छ ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू