कोरोनाबाट आज ४१ को निधन, ४५ सय संक्रमित, ४९ सय निको

कोरोना संक्रमणको कारण आज ४१ जनाको ज्यान गएको छ । ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ९ सय ५४ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन गरी १६ हजार ९ सय १३ जनामा परीक्षण गरिएको थियो ।
आज संक्रमितभन्दा ४ सय ३२ जना बढी निको भएका छन् । त्यस्तै, आज मुलकभर ५४ हजार १ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।
टिप्पणीहरू