आन्तरिक उडान खुल्यो, अन्तर्राष्ट्रिय पनि ९ वटा शहरमा थपियो

सोमबार साँझको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान खुला गर्ने निर्णय छ । बैठकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना हुने गरि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी खुला गर्ने निर्णय गरेको हो ।
सरकारले विश्वका विभिन्न देशका ९ वटा शहरमा पनि अन्तर्राष्ट्रिय उडान खुल्ला गरेको छ । बैठकले दुबई, दमाम, कुवेत, मस्कट, क्वालालम्पुर, सिउल, ओशाका, छेन्दु, ग्वाङ्जैको उडान खुला गरेको छ ।
तर, आन्तरिक उडान कहिलेदेखि शुरु गर्ने भन्ने मिति तय नभएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
टिप्पणीहरू