नेकपा एकीकृत औपचारिक रुपमा दर्ता

नेकपा एकीकृत औपचारिक रुपमा दर्ता

नेकपा एकीकृतले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । नेकपा एमालेको आन्तरिक विवाद चर्किएको बेला गत बैशाख ६ गते युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) नामक पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

एकीकृतले आज आयोगबाट औपचारिक रुपमा दल दर्ताको प्रमाणपत्र पाएको छ । हाल ५ सय ५१ सदस्य रहेको उक्त पार्टीले आयोगबाट ‘कलम’ चुनाव चिन्ह पाएको छ । दल दर्ता प्रमाणपत्र पाएलगत्तै जनआस्थासँग कुराकानी गर्दै राईले भन्नुभयो ‘कोरोना महामारी रोकिएपछि पार्टीको बैठक बसेर सदस्यता बिस्तार गर्नेछौं ।’कलम चिन्ह गृहमन्त्री रामबहादुर थापा “बादल” बिरुध्द जेठ ६ गते राष्ट्रिय सभामा उठेका डा.खिमलाल देवकोटाले लिएको चिन्ह हो । जसलाई काङ्ग्रेस,माओवादी,जसपासहित माधव-झलनाथ खेमाले मत दिएर जिताएको थियो ।

राईले पार्टी उपाध्यक्षमा कल्पना गुरुङ,महासचिवमा विनोद खुलाल,सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेको जानकारी दिनुभएको छ ।

टिप्पणीहरू