रुपा सुनारको पक्षमा नाराबाजी, शिक्षा मन्त्रीको पुत्ला दहन
गायिका तथा सञ्चारकर्मी रुपा सुनारलाई न्याय र विभेदकारी शिक्षा मन्त्रीको राजीनामा माग गर्दै दलित पत्रकार महासंघले आज साँझ राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
महासंघका महासचिव विश्वास खड्का थोकी,अनेरास्ववियुका विद्यार्थी नेता रामलाल राजवंशी विश्वकर्मालगायत झण्डै एक दर्जन प्रदर्शनकारीले बबरमहलमा नाराबाजी गरेका हुन् ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको फोटोसहितको पुत्ला जलाई नाराबाजी गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू