घरबेटी प्रधानलाई न्याय दिलाउन हस्ताक्षर अभियान
जातीय विभेदका कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा भाडा नदिएको अभियोगमा प्रहरी हिरासतमा पुगेर सरकारी वकिल कार्यालयबाट छुटेकी सरस्वती प्रधानलाई न्याय दिलाउन हस्ताक्षर शुरु गरिएको छ ।
मंगलबजारस्थित महारानी पोखरी अगाडि स्थानीय नेवार समुदायले जातीय भेदभावमार्फत द्वन्द्व फैलाउने कार्य बन्द गर्न हस्ताक्षर अभियान गरेको बताइएको छ ।
‘प्रधानलाई न्याय दिलाऊँ’ भन्दै सेतो कपडामा हस्ताक्षर संकलन (अभियान) कार्यक्रम आज बिहान साढे ९ बजेबाट थालिएको हो ।
टिप्पणीहरू