आज पनि मेलम्चीमा बाढीको बवण्डर,तातोपानी–बाह्रबिसे सडकखण्ड अवरुद्ध

आज पनि मेलम्चीमा बाढीको बवण्डर,तातोपानी–बाह्रबिसे सडकखण्ड अवरुद्ध

हिजोदेखि लगातार परेको वर्षाका कारण मेलम्चीमा फेरि एउटा घर ढलेको छ । पहिलेको बाढीले क्षतिग्रस्त बनाएको उक्त घरलाई हिजो बेलुकीको बाढीले ढालेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभएको छ । हिजोको बाढीले कुनै मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभयो ।

यस्तै,जिल्ला प्रशासन कार्यालयले राहत वितरण र बाढी प्रभावितको व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मा लगाएको पोखरेलले उल्लेख गर्नुभयो । प्रारम्भमा उक्त कार्य जिल्ला प्रशासन कार्यालय, विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिले गरेकोमा अब स्थानीय निकायको जिम्मा लगाइएको पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार हिजोदेखिको लगातारको वर्षाका कारण तातोपानी बाह्रबिसे सडकखण्डअन्तर्गत दुई ठाउँमा सडक अवरुध्द छ । सडक अवरुध्दपछि सवारी साधन आवत जावतमा कठिनाई उत्पन्न भएको छ । तातोपानी नजिकैको लिपिङ खोलाको पुलमा बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको छ ।

टिप्पणीहरू