भ्यानको ठक्करले महिलाको गयो ज्यान
सुनसरी ईटहरी–१२ खनार सोमबारे चोकमा भ्यानको ठक्करबाट एक महिला पैदल यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईटहरी ११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् । उनलाई शुक्रबार राती ९ बजे ईटहरीबाट दुहबीतर्फ जाँदै गरेको को.१० च. ५५७३ नम्बरको पीकअप ब्यानले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो ।
घाइतेको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको हो । ठक्कर दिने भ्यान प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भइरहेको बताइन्छ ।
टिप्पणीहरू