तिब्बती शरणार्थीहरुको सम्भावित उपद्रवप्रति सुरक्षा निकाय सतर्क

तिब्बती शरणार्थीहरुको सम्भावित उपद्रवप्रति सुरक्षा निकाय सतर्क

धार्मिक नेता दलाई लामाको जन्मोत्सव पारेर नेपालमा रहेका तिब्बती शरणार्थीहरुले चीनबिरुध्द गर्नसक्ने सम्भावित उपद्रवप्रति सुरक्षा निकायले काठमाडौंमा विशेष सतर्कता अपनाएको छ । आगामी मंगलबार जुलाई ६ ताखिका दिन दलाई लामाको जन्मदिन हो ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा १३ हजार ६ सय ८५ जना तिब्बती शरणार्थी छन् । तीमध्ये झण्डै ९ हजार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छन् । अरु काठमाडौं बाहिरका सोलुखुम्बु, कास्की,तनहुँ,रसुवा,स्याङ्जा, बागलुङ,मनाङ र मुस्ताङमा रहेका छन् ।काठमाडौंको बौध्दमा सबैभन्दा बढी ४ हजार ८ सय ४६ ,त्यसपछि स्वयम्भूमा १ हजार ८ सय ७६ जना शरणार्थी बसेको देखिन्छ । त्यसैगरी जावलाखेलमा ९ सय ८४,फर्पिङमा ७ सय ९९, जोरपाटी गुम्बामा ६ सय ५, जोरपाटीमा १ सय ६२ बसोबास गर्छन् ।

काठमाडौं बाहिर सबैभन्दा धेरै पोखरामा १ हजार ८ सय ४९, सोलुखुम्बुमा ७ सय २८,तनहुँमा ५ सय ८८, रसुवामा २ सय १, स्याङ्जामा २ सय ८६, बागलुङमा १ सय ८३, मनाङमा ३ सय २८ र मुस्ताङमा २ सय ५० जना तिब्बती शरणार्थी रहेको देखिन्छ ।

अस्ति मात्र चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी धुमधामका साथ मनाइएको छ । त्यस अवसरमा राजधानी बेइजिङमा आयोजित विशेष समारोहमा बोल्दै राष्ट्रपति सि चिनफिङले चीनको सार्वभौमसत्तामाथि चुनौति दिने जोसुकैको टाउको चिनियाँ जनताको रगत र शरिरबाट बनेको ग्रेटवालको स्टिलमा ठोक्किने चेतावनी दिनुभएको थियो ।

चीनले तिब्बत,ताइवान,हङकङ र मकाओको बारेमा अनाधिकृत तवरले टिप्पणी गरेमा उसले आफ्नो सार्वभौमसत्तामाथि बोलिएको धावाको रुपमा लिने गरेको छ ।

टिप्पणीहरू