भत्कनै लागेको पुल रोकथाम गर्न रोक्ने सडक कार्यलय

भत्कनै लागेको पुल रोकथाम गर्न रोक्ने सडक कार्यलय

तीन दिनदिख लगातार भइरहेको वर्षाका कारण बगाउनै लागेको गीनेरी खोलाको पुल रोकथाम गरी बचाउन डिभिजन सडक कार्यालय लहानले रोक लगाएको छ । बाढीका कारण पुलका दक्षिणका दुवैतर्फका सर्पोट पङ्गखा तट्बन्धहरु भत्किन सुरु भएका छन । तर कसैले थप क्षति हुनबाट रोक्न कुनै पहल नगरेको गुनासो बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले गरेका छन ।

तारजाली पठाएर तट्वन्ध बाँधेर रोकथाम गर्न खोज्दा डिभिजन सडक कार्यलय लहानले नगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएको काम गर्न रोक लगाएको प्रमुख थापाले बताएका छन । उनले लगातार वर्षाका कारण मदन भण्डारी राजमार्ममा पुगेको क्षतिलाइ कम गर्न प्रमुख जिल्ला अधिकारी सिरहाको लाहानस्थित सडक डिभिजन कार्यालय, एडिबी धरान र प्रदेश सरकारलगायत सरोकारवाला सबैलाइ जानकारी गराउँदै सहयोग मागेका छन ।

तर सरोकारवाला कसैले वास्ता नगरेको गुनासो गरेका छन । मदन भण्डारी राजमार्ममा रहेका देउराली र हात्तीसुँढेऽ बसाहा ज्पामिरेलगायतका धेरै सडक खण्डमा पहिरो र भूस्खलन जाने प्रकृया सुरु भएको छ । यसले यातायात सञ्चालनमा अवरोध सिर्जना हुँदै आएको छ ।

यसैगरी त्रियुगा खोलामा आएको बाढीले गर्दा निर्माणाधीन सिवाइ पुल तथा सडकहरुमा क्षति पुग्नुका साथै तपेश्वरीलगायतका बस्तीहरुमा डुवानको समस्या सुरु भएको छ ।

टिप्पणीहरू