बिहे गर्ने प्रलोभनमा बालिकालाई २ दिनसम्म करणी

बिहे गर्ने प्रलोभनमा बालिकालाई २ दिनसम्म करणी

बर्दियामा १३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभन देखाउँदै जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६, शान्ति टोल बस्ने १९ वर्षीय सोनु रैदाश हुन् । रैदाशले बालिकालाई विवाह गर्ने बहानामा ललाईफकाई आफ्नै कोठामा दुई दिनसम्म राखी जबरजस्ती करणी गरेका थिए ।

घुस दिन खोज्ने बाटैमा पक्राउ

सिन्धुलीको कमलामाई नगरपालिका–६,माझीटारस्थित ड्युटीमा खटिएका प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३,बस्ने ५२ वर्षीय मेदिनी रेग्मी हुन् ।

बीपी राजमार्गको प्रहरी चेक प्वाइण्टमा सवारी साधनहरूको सवारी पास जाँच गर्ने क्रममा झापाबाट काठमाडौं जान पास नलिई आएको मे.१ च ६६८३ नम्बरको सुमो फेला परेको थियो
सो क्रममा चालक रेग्मीले नगद दिन खोजेपछि उनलाई सुमोसहित पक्राउ गरिएको बताइएको छ ।

टिप्पणीहरू