लण्डनको म्याद सकिएको कार्डबाट काठमाडौंमा पैसा झिक्दाझिक्दै..
सिध्दार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिएम मेसिनबाट म्याद सकिएको डेबिट कार्डको पैसा झिक्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौं भत्केको पुल नजिकै बस्ने ५७ वर्षे जगतबहादुर गुरुङ र पर्सा घर भई सोही ठाउँ वस्ने वर्ष ३० की सावित्री गुरुङ्ग हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुबाट बेलायतको लोइड्स बैंककाे भीसा डेबिट कार्ड र २१ लाख बरामद गरेको छ । उनीहरुले म्याद सकिएको उक्त कार्डबाट चाबहिल, कालोपुल,हात्तीसार भाटभटेनी इलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार निकालिसकेका थिए ।
निकालेको रकमबाट १० लाख ५० हजार रपैयाँ सहकारीमा राखेको समेत पत्ता लगाइएको छ ।
टिप्पणीहरू