“गद्दार राजदूत”लाई दोस्रो उच्च अलंकार दिइयो भन्दै भारतमा बबाल

“गद्दार राजदूत”लाई दोस्रो उच्च अलंकार दिइयो भन्दै भारतमा बबाल

सन् १९९८ मा तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयी नेतृत्वको सरकारले राजस्थानको पोखरण गाउँमा परमाणु परीक्षण गर्दा विश्वका अधिकांश देशले त्यसविरुद्ध बोले । छिमेकी पाकिस्तानले उग्र बिरोध जनायो । तर सबैभन्दा धेरै बिरोध भारतको आफ्नै राजदूतले गरे ।

दक्षिण अफ्रिकाका लागि भारतीय राजदूत लक्ष्मीचन्द जैनले परमाणु परीक्षणको खुलेरै बिरोध गरे । मुलुकको एउटा कर्मचारीको हैसियतमा रहेका राजदूतले परीक्षणको बिरोध मात्र गरेनन् त्यहि बेला दक्षिण अफ्रिकामा भइरहेको डर्बान शिखर सम्मेलनमा भारत बिरोधी एजेण्डाको खुलेर समर्थन गरे ।

त्यसपछि बिजेपी नेतृत्वको सरकारले मुलुकविरोधी राजदूत जैनलाई तत्काल फिर्ता बोलाउन आदेश दियो । तर त्यो आदेशको कुनै परवाह नगरी राजदूत उतै बसिरहे । भारत सरकार बिलखबन्दमा पर्यो । कर्मचारीको हैसियतमा रहेको राजदूतले सरकारको आदेश पालना नगरेपछि बाजपेयी सरकारले कूटनैतिक भाषामा पर्सना नन ग्रेटा घोषणा गर्दा उनी बाध्य भएर स्वदेश फर्कनुपर्यो ।

राजदूत जब स्वदेश फर्किए तब भारतीय राजनीतिमा नयाँ जोडघटाउ शुरु भयो । तर त्यसको खुलासा भर्खरै भएको छ । त्यसरी मुलुकको नीति विपरित परमाणु परीक्षणको बिरोध गरेका राजदूतलाई १३ वर्षपछि सन् २०११ मा भारतीय कांग्रेस नेतृत्वको सरकारले देशकै दोश्रो सर्वोच्च अलंकार पद्य विभूषणले सम्मानित गरिदियो ।

तर त्यस बेलासम्म राजदूतको निधन भइसकेको थियो । सरकारले दिएको उक्त विभुषण उनको परिवारले अस्वीकार गरिदियो । उनीहरूको तर्क थियो, ‘राजदूत राज्यबाट गरिने सम्मानको परम्परागत अवधारणाको विरोधी थिए ।’

सरकारले पद्य विभूषणले सम्मानित गरे पनि उनलाई मृत्युपर्यन्त आजसम्म गध्दारको दाग लागिरहेको छ । तर अहिले तिनै ‘गद्दार’ लक्ष्मी चन्द जैनका पुत्र भारतीय सञ्चारजगतमा चर्चित छन् । सत्तारुढ दल भाजपाको सत्तोसराप गर्ने एनडीटीभीमा कार्यरत श्रीनिवास जैन उनै स्वर्गीय राजदूतका छोरा हुन् ।

उक्त टेलिभिजनमा प्रणय राय,रविशकुमार जस्ता भाजपा र प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूसमेत छन् भन्दै स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रै देशको शैलिमा सात पुस्ते उतारेर पत्रकार श्रीनिवास र उनका स्वर्गीय पिता लक्ष्मीको सार्वजनिक बिरोध गरेका हुन् ।

इतिहासले कहिलेकाही कतिसम्म क्रुर मजाक गर्न सक्छ !

टिप्पणीहरू