प्रधानन्यायाधीशको पुत्ला जलाउँदै गर्दा राष्ट्रिय सभाको बैठक स्थगित

प्रधानन्यायाधीशको पुत्ला जलाउँदै गर्दा राष्ट्रिय सभाको बैठक स्थगित

सर्वोच्च अदालतको आज दिउँसोको फैसलाको बिरोध गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अनेरास्ववियुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पुत्ला जलाएको छ । अनेरास्ववियुले आज अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा र बुटवलमा बिरोध प्रदर्शन गरेको हो ।

माइतीघरमा विद्यार्थीहरुले परमादेश खारेज गर भन्ने ब्यानर बोक्दै पछि पुत्ला जलाएका थिए । उता, बुटवलमा अखिलका जिल्ला अध्यक्ष सनोज भण्डारीको नेतृत्वमा तीन दर्जन जति प्रदर्शनकारीले प्रतिनिधिसभा पुनर्स्थापनको बिरोधमा प्रदर्शन गरेका हुन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्ले आज गरेको सिफारिसबमोजम आजै मध्यरातदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । संसद सचिवालयले प्रकाशित गरेको विज्ञप्तिमा भोलि दिउँसो ३ बजे बोलाइएको बैठक समेत स्वतः अन्त्य भएको उल्लेख छ ।

टिप्पणीहरू