माधव निकट निस्किए,ओलीकै मान्छेले देउवालाई भोट दिए
नेकपा एमालेको संस्थापन पक्ष अर्थात केपी ओलीसङ्गै रहेका केही सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत हालेर १६३ पुर्याइदिएका छन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका डोटेली सांसद प्रेम आलेले एउटै भेगीय भीम रावलको राजीनामासङ्गै देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट रामचन्द्र पौडेललाई हराउने किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । किसान आइजिपी सर्वेन्द्र खनालसङ्गै पोहोर मधेसी माननीयलाई तराईबाट उठाएर ल्याउने काममा महेश बस्नेतसहित सम्लग्न थिए ।
उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।
त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा,मुगुका गाेपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् । समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन् ।
नेकपा एमालेको संस्थापन पक्ष अर्थात केपी ओलीसङ्गै रहेका केही सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत हालेर १६३ पुर्याइदिएका छन् ।
टिप्पणीहरू