जबर्जस्ती करणीका फरार पक्राउ

जबर्जस्ती करणीका फरार पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ८ सिध्दिपुर बस्ने रत्नब. राईको छोरा वर्ष ४१ को बिजय थुलुङ राई हुन् । उनलाई हिजो लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

राई २०७३ साल माघ १८ गते जबर्जस्ती करणी उद्योग मुद्दामा वारदातपश्चात फरार रहेका थिए । राईलाई इलाका प्रहरी कार्यालय बेल्टारले फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत पठाएको छ ।

टिप्पणीहरू