भागेको चोर फन्दामा
चोरी मुद्दामा दोषी ठहरिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा न.पा. ८ वस्ने बर्ष ३५ वर्षीय बिजय चौधरी हुन ।
उनीबिरूध्द उदयपुर जिल्ला अदालतले २०६३ साल कार्तिक १३ गते चोरीमा संलग्न रहेको ठहर गर्दै १२ दिन कैद र सात सय पचास रूपैयाँ जरिवाना तिराउने फैसला गरेको थियोे । हिजो उनलाई फरार प्रतिवादि पक्राउ अभियान अन्तर्गत पक्राउ गरिएको हो । उनी लुकिछिपि बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले लुकिछिपी बसेको अबस्थामा चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनलाई फैसला कार्यन्वयन लागि उदयपुर जिल्ला अदालत पठाएको छ ।
टिप्पणीहरू