ज्यानको सवाल, ककपिटमै बबाल

नेपाल वायुसेवा निगमले निर्दोष पाइलटलाई विनाकारण कारबाही गर्दै आएको छ । जसकारण पाइलट निरुत्साहित मात्र नभई कुनै घटना वा त्रुटि हुँदासमेत भन्न हच्किन थालेका छन् ।

निगमले पाइलटलाई ग्राउन्डेड (निश्चित÷अनिश्चित अवधिका लागि उडानबाट बन्देज) गरिएपछि समस्त पाइलटको इज्जतमा आँच आएको छ । निर्दोष क्याप्टेनलाई विनाकारण कारबाही गर्दा समग्र उडान पेसामै ठूलो धब्बा पनि लाग्न सक्ने कुरालाई ध्यान पु¥याउन नसकेको गुनासो गरिँदै आएको छ । नेपाली उड्डयन क्षेत्रमा पाइलटको अत्यन्त बढी माग छ । निगमको व्यवहारका कारण कुनै पनि वेला पाइलटले छाडेर अन्यत्र जाने सम्भावना बढ्न थालेको छ । निगमले पाइलट माग गर्दा न्यून दरखास्त पर्न थालेको छ ।

 निगमका पाइलटले प्राइभेट एअरलाइन्सको दाँजोमा १० देखि १५ प्रतिशत मात्र मासिक तलब लिई देशको एक मात्र ध्वजावाहक संस्था भनेर देशको सेवा पु¥याइरहेका छन् । निकट भविष्यमा ठूलो जहाज आएको खण्डमा उडाउन पाउने अवसर पनि देखेका कारण स्वैच्छाले आएका क्याप्टेनसमेत निगमको व्यवहारले निराश हुन थालेका छन् । यस्तो अवस्थामा विनाकारण बदनियतवश षड्यन्त्रको फन्दामा परी दण्डित हुने, आफ्नो पेसामा कुनै पनि वेला आँच आउन सक्ने, बिग्रेको जहाजमा उडान भर्नुपर्ने, नियमविपरीत जान लगाउने आदि कारणले गर्दा पाइलट निगम छाडेर अन्यत्र जान सक्ने वातावरण सिर्जना हुँदै गएको छ ।

विमान सुरक्षित आवतरण गर्ने क्रममा पाइलटले आफ्ना निर्णय लिने प्रक्रिया साधारणतया तर्कसंगत तत्व भिन्दाभिन्दै जहाजका भिन्दाभिन्दै आधारमा हुन्छन् । तथापि, मानसिक प्रेसरले कुनै पनि विमान सकुशल अवतरण गर्ने क्रमलाई प्रभावित पारेको हुन्छ ।

नेपाल वायुसेवा निगममा अप्रेसन डाइरेक्टर नै एक होइन, दुई होइन, बारम्बार बोइङ विमान तथा ट्रान्जिसन ट्रेनिङ एअरबस प्रशिक्षणमा विफल भएका उदाहरण छन् । उनलाई आन्तरिक उडानमा जहाजले बोक्न सक्ने क्षमताभन्दा धेरै भार बोकेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणले दण्डित पनि गरिसकेको छ । उनीविरुद्ध धेरै पटक मेनुफेस्टोमामा उल्लेख गरेभन्दा छुट्टै थपभार लोडसहित उडान भरेको भने पनि निकै पटक उजुरी परिसकेको छ । यीबाहेक हाल निगमको अपरेसन विभागमा कार्यरत अपरेसन, इन्जिनियरिङ एन्ड प्लानिङ विभागका सह–निर्देशक पनि विभिन्न आन्तरिक तथा विदेशी एअरलाइन्सबाट समेत निष्कासित गरिएका व्यक्ति हुन् । हालै मात्र उनले उडान भरेका जहाजमा दुई पटक केस अफ एअर कोलिसन (उडानका दौरान जहाज ठोकिने) छानबिनमा पनि परेका थिए । यस घटनामा उनलाई प्राधिकरणमा गई त्यसबारे कक्षा लिनू भन्ने आदेश आएपछि उनलाई भन्न जाने कर्मचारीलाई समेत सबैका अगाडि ‘तँलाईं छातीमा गोली ठोकिदिन्छु’ भनेका थिए ।

यस्तै, निगममा हाल लाइट सेफ्टीका डेपुटी डाइरेक्टरको जस्तो उच्च दर्जामा पदासीन व्यक्तिले पनि विभिन्न निजी अनावश्यक तालिम लिनसमेत निगमको ढुकुटी रित्याएका छन् । उनी साह्रै चलाख र धुर्त भएर फाइदा लिन सफल भएका हुन् । उनले निगमको बजेट दुरुपयोग गर्दै तालिम लिए पनि सेफ्टी (सुरक्षा) का लागि केही काम नगरेको आरोप छ । सेफ्टी अडिटका लागि भनी इन्टरनेसनल सेक्टर्समा भत्ता खान मात्र जाने गरेको बताइन्छ । डोमेस्टिक अडिट्सका लागि भने कुनै पनि काम गरिएको छैन । उनले लो भिजिबिलिटीमा गर्न आवश्यक तालिम तथा योग्यता दुवै प्राप्त नगरी नियमविरुद्ध उडान गर्दै आएका छन् । कति भुलक्कड भने, अन्तर्राष्ट्रिय उडानमा आफ्नै परिचयपत्र ल्याउन बिर्सी आफैँ घण्टौं विमानस्थलमा कुरेर बस्नुपर्ने अवस्था पटक–पटक आएको छ । निगममा सबै जहाजका उडान भर्न अभैm थुप्रै क्याप्टेनको आवश्यकता छ । तर, पत्रिकामार्फत आह्वान गरिएका सूचनाअनुसार दरखास्त आउने क्रम घट्दो छ ।

जस्तो कि, हालसालै २३ जना पाइलट माग गरे पनि तीन जनाले मात्र दरखास्त दिए । ती तीन जनाले पनि पछि निगमको सबै अवस्था थाहा पाउनेबित्तिकै अनिच्छा व्यक्त गर्दै छन् । दुई जनाले त दरखास्त नै फिर्ता लगिसके । भएका पाइलटलाई विनाकारण कारबाही गर्दा थप क्याप्टेन नआउने कुरा निगमले अझै विचार गर्न सकेको छैन । बरु, भएका पाइलट पनि अन्यत्र जान सक्ने सम्भावना छ । रिपोर्टिङ प्रणाली कायम गर्नुपर्ने पाइलटको भनाइ छ । ‘गो अराउन्ड’ गर्ने क्रममा पाइलटमाथि यस्तो व्यवहार हुँदा पाइलटले ‘गो अराउन्ड’ नगरी जबरजस्ती असुरक्षित अवतरण गर्नतिर लाग्नेछन् र यस्ता अवतरण घातक हुन सक्नेछन् ।

टिप्पणीहरू