खालि चेक भिडाएर भागेकी प्रेमकुमारी पुलिसको फन्दामा

खालि चेक भिडाएर भागेकी प्रेमकुमारी पुलिसको फन्दामा

खातामा पैसा नभएको थाहा हुँदाहुँदै चेक दिएर भागेकी एक महिला समातिएकी छिन् । बैंकिङ कसूर मुद्धामा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकी काठमाडौं महानगरपालिका–१६ की ४८ वर्षीया प्रेमकुमारी खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हिजो सोह्रखुट्टेबाट समातेको हो ।

उनलाई जिल्ला अदालत ललितपुरले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी एनएमबि बैकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले फैसला सुनाएको थियो ।

त्यसयता फरार रहेकी प्रेमकुमारीलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू