भूमि आयोग खारेज नगराउन झापामा हस्ताक्षर

भूमि आयोग खारेज नगराउन झापामा हस्ताक्षर

सरकारले संविधानमा ब्यवस्था भएको भूमि आयोग खारेज गरेको भन्दै देशब्यापी विरोध हुँदै आएको छ ।

यसै क्रममा आज झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० स्थित जिल्ला प्रशासन कार्यालयमा अखिल नेपाल किसान महासंघको आयोजनामा हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ ।

जिल्ला अध्यक्ष गोपाल चुडालको नेतृत्वमा एक लाख तीन हजार सात सय तेह्र जनाको हस्ताक्षर काभ्रेबाट गएका प्रजिअ श्रवणकुमार तिमल्सिनालाई बुझाइएको बताइएको छ ।

दिउँसो करिब साढे १ बजेको समयबाट शुरु गरिएको हस्ताक्षर संकलन कार्यक्रम दिउँसो २ बजे प्रजिअ तिमल्सिनालाई हस्ताक्षर बुझाएर समापन गरिएको थियो ।

टिप्पणीहरू