एमाले अध्यक्ष ओली झोलुङ्गे पुलमाथि

एमाले अध्यक्ष ओली झोलुङ्गे पुलमाथि

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर र चन्द्रागिरी नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलको निरीक्षण गर्नुभएको छ । त्यसअघि उहाँले नजिकैको साकुरा पार्कको उद्घाटन गर्नुभएको थियो ।

ओली त्यहाँबाट चन्द्रागिरी केबुलकार चढेर चन्द्रागिरीको टुप्पोमा आयोजना गरिएको साहित्यिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । माननीय कृष्णगाेपाल श्रेष्ठ र प्रदेश साँसद केशव पाेख्रेलसहित जनप्रतिनिधि र कार्यकर्तालगायत ७०/८० जनाकाे उपस्थितिमा भएको ठाउँमा अवलोकन कार्यक्रमको सुरक्षार्थ प्रहरीको ठूलो समूह खटाइएको थियो ।

टिप्पणीहरू