ओली र हितेन्द्रको मुद्दा ‘हेर्न भ्याइएन’

ओली र हितेन्द्रको मुद्दा ‘हेर्न भ्याइएन’

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक हितेन्द्र शाक्यको रिट आजलाई हेर्न नभ्याइनेमा परेको छ ।

गत १६ साउनमा निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा समाजवादीका १४ सांसदविरुद्ध सर्वोच्च अदालतमा वारेसमार्फत दायर रिटको सुनुवाई प्रधान्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नै इजलाशमा राखेर आज सुनुवाई गर्न लाग्नुभएको थियो ।

उक्त इजलाशको नवौं नम्बरमा ओलीले दायर गरेको रिट सुनुवाईका लागि पेसी चढेको थियो । त्यसैगरी नेपाल विद्युत प्राधिकरणबाट हटाइएका हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई कुलमान घिसिङ्गको नियुक्तिविरुद्ध दायर गरेको रिटको सुनुवाई पनि आजलाई सरेको छ ।

दुबै रिटलाई प्रधानन्यायाधीशको इजलासले आज हेर्न नभ्याइने भनेपछि पर धकेलिएको हो ।

ओलीले दायर गर्नुभएको रिटमा तत्कालीन एमालेले १४ सांसदलाई सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख, कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गर्ने निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध उत्प्रेषण वा परमादेश माग गरिएको छ ।

यता,विद्युत प्राधिकरणबाट हटेका हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा कुलमानको नियुक्तीलाई बदरभागी गर्न माग गरिएको छ । हितेन्द्रको रिट इजलाशको चौथो नम्बरमा थियो ।

टिप्पणीहरू