साउदी अरेबियामा ऊँट दौडिए

साउदी अरेबियामा ऊँट दौडिए

जहाँ जे छ, त्यसैको प्रयोग गरिन्छ भनेझैँ साउदी अरेबियामा ऊँट दौड महोत्सवको आयोजना गरिएको छ । उता मंगेलियामा वर्षेनी गर्मी याममा घोडा दौडको आयोजना गरिन्छ । नेपालको चितवनमा हिँउद याममा हात्ती पोलो खेलाइन्छ ।

साउदी अरेबियाले भने हालै क्राउन प्रिन्स ऊँट दौड महोत्सव सम्पन्न गरेको छ । त्यहाँको मक्का प्रान्तको ताइफ क्यामल फिल्डमा आयोजित ऊँट दौड महोत्सवको तेस्रो संस्करण अगस्त ८ देखि सेप्टेम्बर ११ सम्म भएको हो । ऊँट दौडलाई अरब मुलुकमा एक लोकप्रिय परम्परागत खेल मानिन्छ ।हल्का वजन, सानो खुर, ठूलो छाति, लामो खुट्टा र लामो पुच्छर भएको ऊँट दौड र प्रतियोगिताको लागि राम्रो हुने मान्यता रहीआएको छ ।

समाचार र फोटो : सिन्ह्वा

टिप्पणीहरू