४ जिल्लामा ५ जना सँधैका लागि बिदा

४ जिल्लामा ५ जना सँधैका लागि बिदा

काठमाडौं,धादिङ, काभ्रे र धनुषामा आज ५ जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका ५, जोरपाटी डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ५५ वर्षीय अहमद अन्सारी आफ्नै कोठामा मृत फेला परेका छन् ।

धादिङको गल्छी गाउँपालिका–४, मासटारस्थित घरको आँगनमा गल्छी गाउँपालिका–४, बेल्टार बस्ने ६४ वर्षीया जमुना रोक्का पनि मृत अवस्थामा फेला परेकी छन् ।

उता काभ्रेको पनौति नगरपालिका १२, खारखोला दोभानस्थित कोहिनुर ढुङ्गाखानीमा काम गर्ने उदयपुरको गाईघाट त्रियुगा नगरपालिका १५ घर भएका ४२ वर्षीय विक्रम रानामगर पनि मृत भेटिएका छन् ।

त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका २,धर्मपुरस्थित पोखरीमा सोही ठाउँ बस्ने २९ वर्षीया अर्चना सिंह र उनका छोरा ४ वर्षीय क्रसकुमार सिंह पनि मृत पाइएका छन् ।

टिप्पणीहरू