मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीको जिल्लामा मात्रै बजेट ओइराएको आरोप

मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीको जिल्लामा मात्रै बजेट ओइराएको आरोप

बागमती प्रदेश सभाको बैठक आगामी असार १६ गते बस्ने भएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भएपछि असार १६ गते बोलाइएको छ । प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार बैठक सो दिन दिउँसो १ बजे बस्नेछ । 

‘आज मिति २०८२ असार १२ गते बिहीबार बिहान ११ बजेको लागि निर्धारण भएको सभाको बैठक विशेष कारणबश मिति २०८२ असार १६ गते सोमबार दिनको १ बजे बस्नेगरी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सभामुखज्यूले निर्धारण गर्नुभएको...’,सूचनामा उल्लेख छ ।

प्देशमा बजेटको विषयलाई लिएर विवाद भइरहेको छ । मुख्यमन्त्री बहादुरसिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै सत्तापक्षकै सांसदहरुले आलोचना गरिरहेका छन् । जसका कारण प्रदेश सभाको बैठक बस्न नसकेको हो ।

टिप्पणीहरू