मन्त्रालय र मन्त्रीको कुरै नगरी उठ्यो बालुवाटार बैठक

मन्त्रालय र मन्त्रीको कुरै नगरी उठ्यो बालुवाटार बैठक

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड र मन्त्रीहरुको बारेमा सहमति गर्न आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसको बैठक विषय प्रवेश नगरी सकिएको छ । जे विषयमा छलफल गर्न बैठक बोलाइएको थियो,त्यसैमा कुरो नगरी सबै जना उठेको बताइन्छ ।

बैठकमा सहभागी एक जना नेताका अनुसार आजको भेटघाटमा मन्त्रालय बाँडफाँडबारे कसैले पनि कुरो उठाएनन् । उनी भन्छन्, ‘मन्त्रालय बाँडफाँड र मन्त्रीको बारेमा विषय प्रवेश नभई छलफल सकियो ।’

साँझ ५ बजे बोलाइएको बैठक केही बेर ढिलो शुरु भएपनि डेढ घण्टामा सकिएको थियो । एक दुई दिनभित्र सबै कुरो टुङ्ग्याउने भन्दै सहभागी नेताहरु उठ्नुभएको बालुवाटार स्रोतले बताएको छ ।

आजको बैठकमा पूरै समय राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई के गर्ने भन्नेमै नेताहरुको धारणा केन्द्रित थियो । त्यसपछि मन्त्रिपरिषद्को पूर्णता अध्यादेशसँगै जोडिएको छ भन्नेमा सबैजना सहमत हुनुभएको थियो ।

अन्तमा दुई दिनभित्र अध्यादेशको बारेमा निक्र्यौल गर्ने र क्याबिनेटलाई पूर्णता दिने भन्दै बैठक सकिएको छ ।

त्यसबखत नेताहरुबीच प्रदेश नम्बर १ र बागमती प्रदेशमा सत्ता गठबन्धनमा एमाले नेतृत्वको सरकारलाई विस्थापन गरेर यथासक्य छिटो सत्ता गठबन्धनभित्रकै राजनीतिक दलको नेतृत्वमा सरकार बनाउने सहमति पनि भएको छ ।

टिप्पणीहरू