बिराटनगर उडेको बुद्धको जहाज बाटैबाट फिर्ता
बुद्ध एअरको काठमाडौंबाट बिराटनगरतर्फ उडेको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । विमानको दायाँतर्फ ल्याण्डिङ् गियर (टायर नखुल्ने) मा समस्या देखिएपछि विमान बिराटनगरमा नओर्ली बाटैबाट सोझै काठमाडौं फिर्ता गरिएको हो ।
बिराटनगरमा अवतरण गर्न नसक्ने भएपछि काठमाडौं फिर्ता भएको उक्त विमानलाई आकाशमा केहीबेर होल्ड गरी रनवे पूरै खाली गराइएको र अरु जहाजको उडान तथा अवतरणमा रोक लगाइएको थियो ।
विमानलाई सकुशल ल्याण्ड गराउन काठमाडौं विमानस्थलमा तयारी हुँदै गर्दा अहिले सुरक्षितसँग अवतरण गरेर छुट्टै पार्किंगमा राखिएको छ ।
टिप्पणीहरू