बजारमै ३३ किलो जंगली बँदेल
इनरुवाको बसपार्क नजिकै मोटरसाइकलमा राखेर लैजाँदै गरेको ३३ किलो जंगली बँदेलको मासु फेला परेको छ । बोरामा हालेर मोटरसाइकलमा ल्याउँदै गरेको उक्त मासु प्रहरीले बाटैमा जफत गरेको हो ।
बसपार्क नजिकै गुडिरहेको मोटरसाइकल र पछाडि राखिएको बोरा जाँच्ने क्रममा उक्त मासु फेला पारिएको हो । प्रहरीले स.१ प ९१७६ नम्बरको मोटरसाइकल,३३ किलो मासु र मासु ओसार्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह हुन् । बरामद मासुसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सुनसरी पठाइएको छ ।
टिप्पणीहरू