कैलालीका पहिरो पीडित दुई वर्षदेखि ओढारमा
कैलाली चुरे गाउँपालिकाको पहिरो पीडित परिवार बिचल्लीमा परेको छ । दुई वर्षअघि गएको पहिरो पीडितहरुको अहिलेसम्म जंगलकै बास भएको हो ।
वैज्ञानिक मापदण्ड विपरित वर्षेनी सडक खनिन थालेपछि चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढेको छ । पहिरोको कारणले चुरेका गोपाले, काफलगैरा,माल,निगलाडी,पट्रेनी, गुणीलगायतका गाँउ नै विस्थापित हुने अवस्थामा पुगेका छन् ।
त्यहाँका स्थानीयहरु पहिरोको कारण थातथलो छाडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेपछि विस्थापित सबै घरवारविहीन बन्दै गएका थिए । गाउँमा बस्न सक्ने अवस्था नभएपछि केही गाउँले सडक छेउमा बस्न थालेका छन् ।
पहिरो प्रभावित परिवारलाई दैनिक छाक टार्न समस्या भइरहेको अवस्थामा सरकारले सामान्य सहयोग समेत नगरेको स्थानीयको गुनासो छ । गत वर्षको पहिरोका कारण पट्रेनी र गुणीका तीन सय घर परिवार विस्थापित भएका थिए ।
टिप्पणीहरू