न्यूरोड र मख्खन गल्लीका पसलेहरु कार्वाहीमा

न्यूरोड र मख्खन गल्लीका पसलेहरु कार्वाहीमा

सरकारले चाड पर्वलाई लक्षित गर्दै राजधानीको बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो ।

विभागका निरिक्षण अधिकृत अमितकुमार झाले त्यहाँका ७ वटाभन्दा धेरै पसलमा अनुगमन गरेको बताउनुभयो । उहाँले पसलहरुले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताउँदै अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको जानकारी दिनुभयो ।

यस्तै उहाँले ३ जनालाई तत्काल जरिवाना गरेको र अन्य ३ जनालाई विभागमा बोलाएको पनि जानकारी दिनुभयोे ।

टिप्पणीहरू