सबै खालका विवाह गराइदिने कम्पनी छपक्कै
विवाह कुनै पनि मानिसले जीवनलाई अघि बढाउने मुख्य सामाजिक बाटो हो । त्यो बाटोमा हिँड्ने तरिका भने व्यक्ति स्वयमको हो । त्यसैले परापूर्वकालदेखि मानिसले मागी,भागी,अदालती,बिदेश जान कागजी र र प्रेम विवाह गर्दै आएका छन् । ती सबै सामाजिक मूल्य,मान्यता र व्यक्तिगत चाहनाको परिधिभित्र हुने गरेको पाइन्छ ।
तर,पछिल्ला दिन नेपाली समाजमा समेत विवाहलाई व्यवसायको रुपमा चित्रण गर्न थालिएको छ । दुई व्यक्तिको चाहना र समझदारीबाट हुने विवाह यतिखेर व्यावसायिक ढंगले स्थापित फर्म वा कम्पनीले गराउने सूचनाहरु सार्वजनिक हुन थालेका छन् ।
त्यहि क्रममा दाङको तुलसीपुर ठेगाना राखेर टाँसिएको सूचनामा बिहे नभएर चिन्तामा परेकालाई सम्पर्क गर्न भनिएको छ । ९८१०९७५२४२ फोन नम्बरमा सम्पर्क राख्न हालसम्म बिहे हुन नसकेकाहरुलाई खुला निम्तो छ । त्यसैगरी काठमाडौंमा खुलेको भनिएको म्यारिज स्टेशन प्रा.लि.ले वेभसाइटमार्फत् विवरण भर्न लगाएर बिबाहको चाँजोपाँजो मिलाइदिने भनेको छ ।
स्टेशनले पहिलो विवाह गर्न खोज्नेहरु,सम्बन्धविच्छेद भएका एकल महिला तथा पुरुषलाई सजिलैसँग आफूले रोजेजस्तो जीवनसाथी पाइने सूचना जारी गरेको छ । उसले काठमाडौंको काँडाघारीमा मुख्य कार्यालय र सामाखुशी पेट्रोल पम्प नजिकै शाखा कार्यालय रहेको जनाएको छ ।
स्टेशनले आफ्नो कम्पनी नेपाल सरकारबाट मान्यताप्राप्त जीवनसाथी खोजिदिने कम्पनी रहेको भन्दै फोन नम्बर र वेभसाइट समेत सार्वजनिक गरेको छ ।
टिप्पणीहरू