माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बोलाइएको बैठक बिहान साढे ८ बजेबाट बसेको हो ।
स्थायी समिति सदस्यहरुमध्ये अर्थमन्त्री जनार्दन शर्मा,ऊर्जा मन्त्री पम्फा भुसाल,शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल,प्रवक्ता कृष्णबहादुर महरालगायतको उपस्थिति रहेको छ ।
त्यसैगरी बैठकमा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव,हरिबोल गजुरेल,गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल,शक्ति बस्नेत, नारायणकाजी श्रेष्ठलगायत सबैजसोको उपस्थिति रहेको पेरिसडाँडाको बैठकमा सहभागी एक जना नेताले जानकारी दिनुभएको छ ।
टिप्पणीहरू