दूधका हाकिमको बाटो छेकियो
नेपाल दुग्ध विकास संस्थानका कर्मचारीहरुले महाप्रवन्धक रुद्रप्रसाद पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । आफ्ना माग सम्बोधन गर्न अनिच्छा देखाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले महाप्रवन्धक पौडेल र निमित्त उप-महाप्रवन्धक राजेन्द्रप्रसाद अधिकारीलाई आज कार्यालय छिर्न नदिएका हुन् ।
संस्थानको कर्मचारी संघ केन्द्रीय समितिले विभिन्न २० बुँदे माग राखी आन्दोलन गरिरहेको छ । लामो समयसम्म आफ्ना माग पूरा नगरेको भन्दै संघमा आवद्ध आक्रोशित कर्मचारीहरुले महाप्रवन्धक पौडेलको बाटो छेकेका हुन् ।
संघका केन्द्रीय समिति संयोजक ज्ञानराज राईको नेतृत्वमा करिब पाँच दर्जन कर्मचारीले माग पूरा नभएसम्म कार्यालय प्रवेश गर्न नदिने भनेका छन् ।
टिप्पणीहरू