नेपाली गुप्तचरका पूर्व गुरुको देहावसान

नेपाली गुप्तचरका पूर्व गुरुको देहावसान

अचेल राष्ट्रिय अनुसन्धान विभागको नामले चिनिने गुप्तचर बिभागका पूर्व मुख्य अधिकृत विष्णुप्रसाद पन्तकोे निधन भएको छ । अस्ति दिवङ्गत भएका उनको सोहि साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

८६ वर्षे पन्तले ०४६ सालको परिवर्तनलगत्तै विभाग प्रमुखको जिम्मेवारी २०४७ सालदेखि २०५१ सम्म पूरा गरेका थिए । त्यसअघि केही समय उनी कायममुकायमको जिम्मेवारीमा थिए । काठमाडौं मैतिदेवीका पन्त विभागको सेवामा प्रवेश गर्नुअघि नेपाल प्रहरीको इन्सपेक्टर थिए ।

त्यतिबेलाको अनुसन्धान विभागमा पन्तले नै पहिलो पटक भारतको दिल्ली प्रहरीमा गएर अनुसन्धानसम्बन्धी तालिम लिएको समकालीनहरुले बताएका छन् ।

टिप्पणीहरू