को होलान् यिनी जो जीवन र मृत्युको दोसाँधमा छन् ?
धादिङ- कपाल र दारी पनि सेतै फुलिसकेका छन् । झट्ट हेर्दा मधेसी मूलका देखिने । अन्दाजी ६० बर्षका । बोल्ने कोसिस गर्छन्, सक्दैनन् ।कालो,दुब्लो शरीर भएका यी ब्यक्ति सोमबार दिउँसोदेखि धादिङ अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा छन् ।
धादिङकै गजुरी बजारको सडकमा बिरामी अवस्थामा भेटिएका यी ब्यक्तिलाई प्रहरीले अस्पतालसम्म ल्याइदिएका हुन् । कात्तिक ७ गते आइतबार भेटिएका उनलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि प्रहरीले धादिङ अस्पताल ल्याएर छोडिदिएका छन् । अहिले धादिङ अस्पतालको बेड नम्बर १२ मा छन् ।
अक्सिजन दिएर राखिएको छ । औषधि खुहाउने पनि कोहि छैनन् । तिर्खाएको बेला पानी खुवाइदिनेसम्म छैनन् । अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी बिक्रम बि.क.ले बताए ।
अहिलेसम्म अस्पतालले निशुल्क उपचार गरिरहेको छ । तपाईंको घर भारत हो ? भनेर सोध्दा ‘हो’ भनेझैं गर्छन्,बोल्न सक्दैनन् ।
यी ब्यक्तिको आफन्त परिवारलाई चिन्नुहुनेले धादिङ अस्पतालको सूचना अधिकारीको फोन नम्बर ९८५११८२५९४ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।
भिडियो हेर्नुहोस् यो कन्तबिजोग ।
टिप्पणीहरू