चोलेन्द्रपछिको न्यायालयमा क-कसको नेतृत्व ?

चोलेन्द्रपछिको न्यायालयमा क-कसको नेतृत्व ?

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले राजीनामा दिनुभयो भने नयाँ प्रधानन्यायाधीश को बन्नुहोला ? त्यस्तो अवस्थामा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की राणाको बाँकी अवधिसम्म रहनु हुनेछ । त्यसअघि नै उहाँको पनि उमेरका कारण अवकाश हुनेछ ।

यदि राणा नै पूर्ण अवधि प्रधानन्यायाधीश हुने हो भने अरुको पालो नआइकन हरिकृष्ण कार्कीको पालो आउँथ्यो । दिपक श्रीमानपछि मीरा खड्का केही समय रहन सक्नुहुन्छ । उहाँको सम्भवतः एकाध महिनाको लागि बन्नुहुनेछ ।

यता,स्वयम् ओलीले भने राणालाई जोगाउने या हटाउने दुबै खेलमा नलाग्ने भनिसक्नुभएको छ । चोलेन्द्र रहे मात्र संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा आफ्नो हात माथि पर्ने ओलीको विश्लेषण रहँदै आएको छ । अरु जोसुकै प्रधानन्यायाधीश भएमा यससम्बन्धी रीट्को सुनुवाइ शुरु हुने पक्का छ ।

टिप्पणीहरू