बेपत्ता वृद्धको शव नदी किनारमा फेला
उदयपुुरमा दुई दिनदेखि बेपत्ता भएका एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सदरमुकाम गाईघाटस्थित डीएम गेट नजिकै घर भएका ७८ वर्षीय खड्गबहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
गत शनिबारदेखि हराइ रहेका उनको शव हिजो बिहान करिब साढे ९ बजे त्रियुगा नगरपालिका–१३, पोर्ताहा नजिकै त्रियुगा नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
स्थानीयले नदीले बगाएर खोला किनारमा ल्याएको शव देखेपछि प्रहरीलाई खबर गरेको र खबर पाए लगत्तै प्रहरी टोलीले शव मुचुल्का तयार पारी पोष्टमार्टमका लागि जिल्ला अस्पताल, उदयपुर पुर्याएको बताइएको छ ।
टिप्पणीहरू